Techie IT
२०८३ जेष्ठ २६, मंगलबार

मैतीदेवीदेखि यूएईसम्म अर्विनको व्यवसायिक उडान: सफल व्यवसायी बनेर सयौंलाई दिए रोजगारी


अवसर र वातावरण मिलेको खण्डमा नेपाली युवाले स्वदेश मात्र होइन विदेशमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् अर्विन पोखरेल। बाल्यकालदेखि नै केही गर्ने हुटहुटी बोकेका उनी आज विदेशी भूमिमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।

काठमाडौंको मैतीदेवीमा बाल्यकाल बिताएका पोखरेलले ‘अर्विन बिल्डर्स एण्ड इन्जिनियरिङ’ मार्फत आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदा उनले छोटो समयमै लोकप्रियता कमाए। तर, बढ्दो लोकप्रियतासँगै विभिन्न आरोप–प्रत्यारोप र अवरोध सामना गर्नुपरेपछि उनी वैदेशिक रोजगारीतर्फ लागेका हुन्।

विदेश पुगेपछि उनले केवल रोजगारीमा सीमित नरही स्वरोजगारको बाटो रोजे। अहिले उनी संयुक्त अरब इमिरेट्स मा आफ्नै ‘गार्लिक गार्डेन रेस्टुरेन्ट’ सञ्चालन गर्दै सफल व्यवसायीका रूपमा अघि बढिरहेका छन्।उक्त रेस्टुरेन्टमा नेपाली, फिलिपिन्स, दक्षिण भारतीय, चाइनिज तथा अरबी परिकारहरू उपलब्ध छन्। मध्यपूर्वमा जारी अस्थिरता र युद्धको प्रभावका बाबजुद अन्य व्यवसायीहरू पछि हट्ने अवस्थामा पनि पोखरेलले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्।

स्वदेशमै केही गर्ने चाहना हुँदाहुँदै विदेशिन बाध्य भएका उनी आज विदेशी भूमिमा सफल व्यवसायी बन्ने दौडमा छन्, साथै थुप्रैलाई रोजगारी सिर्जना गरेर प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट