एउटा कृषि विज्ञानको विद्यार्थी भएकाले हरेक ठाउँ पुग्दा कृषकका गतिविधिमा चासो राख्नु स्वभाविकै हो । एकदिन मेरो यात्रको शिलशिलामा म दक्षिण ललितपुरको महाङ्काल-३ स्थित जब्का भन्ने गाउँमा पुगेको थिँए। त्यहाँ पुग्दा मेरो नजर बाटो छेउको करेसा बारीमा गुन्द्रुक बनाउँदै गरेकी धनमाया तामाङकोमा पुग्यो। �...