मिटरब्याजी साहुको कुटपिटबाट सर्लाहीको बसबरिया गाउँपालिका–२ का इन्दल सहनी र उनको परिवार गम्भीर घाइते भएका छन्।प्राप्त विवरण अनुसार, सहनीले स्थानीय मिटरब्याजी साहु लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिने क्रममा ग्यारेन्टी स्वरूप सहनीको २६ कठ्ठा जमिन राजीनामा पास गरी साहुको नामम...