Techie IT
२०८२ असोज ३०, बिहीबार

विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई


‘विमल कृति पुरस्कार–२०८०’ पुरस्कार ईलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ । 

कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात्तिक २४ गते हुने ३३औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा रु दुई लाख राशीको विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।

देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामा निर्णायक समितिको सिफारिस अनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृतिलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताए ।

उपाध्यक्ष मेन्याङ्वोका अनुसार, शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैली लाई मिहीन रूपमा उतारिएको बताए । कात्तिक २४ गते हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद रु २१ हजार, रु १८ हजार र रु १७ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताएका छन् । 

धरानका १०३ वर्षीया दिलमाया गुरुङ, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र वीरेन गुरुङलाई सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट