मुख्यमन्त्रीमा बानियाँको आज शपथ ग्रहण, एमालेबाट यी छ जना मन्त्रीहरूले पनि शपथ लिदै।

नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेशका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका छन् । प्रदेश प्रमुखको कार्यालय, हेटौँडाका अनुसार मुख्यमन्त्री नियुक्तिको समय दिउँसो ३ बजे तोकिएको छ भने शपथ ग्रहण कार्यक्रम ४ बजेका लागि तय गरिएको छव।
बानियाँ नेतृत्वको सरकारमा नेकपा एमालेले पनि सहभागिता जनाउने भएको छव। एमालेबाट मन्त्री बन्ने अधिकांश नेताहरूको नाम टुंगिएको छ र उनीहरू पनि आजै शपथ लिने तयारीमा छन्।
एक एमाले सांसदका अनुसार अघिल्लो सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई पुनः दोहोर्याउने निर्णय भएको छव। बाँकी ५ मन्त्री नयाँ अनुहार हुनेछन् ।
एमालेको तर्फबाट शपथ लिने भनिएका मन्त्रीहरू:
किरण थापा मगर – स्वास्थ्य मन्त्रालय
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
भरतबहादुर केसी – वन तथा वातावरण मन्त्रालय
मधुसूदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
सांसदका अनुसार मन्त्रालयको जिम्मेवारीमा भने अन्तिम घडीमा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ । एमालेले सरकारमा संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सहभागिता जनाउँदैछ ।
मुख्यमन्त्री बानियाँले सत्ता सन्तुलनका लागि अन्य दलहरूसँग पनि छलफल गरिरहेका छन् । सरकारमा कांग्रेस र एमालेबीचको गठबन्धनपछि बागमतीमा बहुमत जुटिसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस