Techie IT
२०८३ असार २७, शनिबार

चितवनको तुइन खोला पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध


चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ७:१५ बजे खसेको पहिरोका कारण राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका निरीक्षक प्रतीक सिंहका अनुसार राति पहिरो पन्छाउन सम्भव नदेखिएकोले शनिबार बिहान ४ बजेदेखि मात्रै काम सुरु गरिनेछ।

सडक अवरुद्ध हुँदा यात्रु बिचल्लीमा परेका छन् भने प्रहरीले माइकिङ गरेर चालक तथा यात्रुलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट