Techie IT
२०८२ असोज ७, मंगलबार

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन


पुनः पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ। तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडकको एउटा लेन खोलिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले सडकलाई दुईतर्फी सञ्चालनका लागि प्रयास भइरहेको छ। सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध र कहिले एकतर्फी सञ्चालन हुँदै आएको छ।

कार्यालयले जनाएअनुसार सवारी चालकहरूले सवारीसाधन अव्यवस्थित राख्दा साइटमा थप उपकरण र इन्धन पुर्‍याउन समस्या भएको छ। त्यसैले लेन अनुशासनको पालना गर्दै यात्रा गर्न सवारी चालकहरूलाई कार्यालयले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट