Techie IT
२०८२ पौष २४, बिहीबार

बागमती प्रदेश सरकारद्वारा १५ उच्चपदस्थ कर्मचारीको सरुवा


बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १५ जना उच्चपदस्थ कर्मचारीको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार कृषि तथा प्रशासन सेवाका अधिकृतस्तर नौ र दसौँ तहका कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएको हो।

प्रमुख सचिव भूपाल बारालको सिफारिसमा गरिएको सरुवा प्रदेशको प्रशासनिक कामलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले गरिएको जनाइएको छ। यसअन्तर्गत कृषि तथा पशु सेवातर्फ ८ जना र प्रशासन सेवातर्फ ७ जना उपसचिव सरुवा भएका छन्।

कृषि तथा पशु सेवातर्फ:

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडाका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानलाई पशु सेवा कार्यालय, मकवानपुरमा पठाइएको छ।

मकवानपुर कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. व्रज किशोर ठाकुरलाई काभ्रेको पशु सेवा कार्यालयमा,

काभ्रेका डा. सुजा वाग्लेलाई ललितपुरस्थित पशु सेवा कार्यालयमा सरुवा गरिएको छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडाकी वरिष्ठ मत्स्य विकास अधिकृत अन्जु घर्ती मगरलाई मत्स्य विकास केन्द्र, भण्डारामा,

भण्डारका वरिष्ठ मत्स्य विकास अधिकृत माधव दाहाललाई निर्देशनालय, हेटौँडामा ल्याइएको छ।

ललितपुरको पशु सेवा कार्यालयका डा. प्रभात न्यौपानेलाई चितवनमा,

चितवनका वरिष्ठ पशु विकास अधिकृत सुनिल केसीलाई मन्त्रालय, हेटौँडामा,

कृषि विकास निर्देशनालय, हेटौँडाका वरिष्ठ कृषि प्रसार अधिकृत प्रमोद दाहाललाई कृषि विकास कार्यालय, रामेछापमा सरुवा गरिएको छ।

प्रदेश प्रशासन सेवातर्फ:

यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका नेत्र प्रसाद भट्टराईलाई युवा तथा खेलकुद मन्त्रालयमा,

संस्कृति तथा पर्यटन मन्त्रालयका राजन पोख्रेललाई यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा,

पर्यटन कार्यालय, काठमाडौंका भक्त बहादुर भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा,

संस्कृति तथा पर्यटन मन्त्रालयका पवन कुमार पोख्रेललाई पर्यटन कार्यालय, काठमाडौंमा,

आर्थिक मामिला तथा योजना मन्त्रालयका होमनाथ रिजाललाई संस्कृति तथा पर्यटन मन्त्रालयमा,

मुख्यमन्त्री कार्यालयका आशिष आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा,

युवा तथा खेलकुद मन्त्रालयका प्रकाश अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडामा सरुवा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट