Techie IT
२०८२ फागुन १०, आइतबार

चितवनमा ठेक्का सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी


सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले चितवनका विभिन्न निर्माण परियोजनामा ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का लिएर पनि तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने व्यवसायीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।

सूचनामा “सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको र पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा समेत तदारुकता नदेखाएकोले ठेक्का किन नतोडिने ? भन्ने विषयमा स्पष्टिकरणका लागि १५ कार्यदिनभित्र लिखित जवाफसहित उपस्थित हुन अनुरोध गरिन्छ। अन्यथा ठेक्का सम्झौताको सर्तअनुसार कारबाही अघि बढाइनेछ”  भनिएको छ ।

आयोजनाले जारी गरेको सूचनामा भरतपुर महानगरपालिका भित्रका विभिन्न पोखरी, पार्क र हाटबजार निर्माण कार्य, रामग्राम नगरपालिका–२ मा हाटबजार सुधार कार्य, तथा रत्ननगर सभाहल निर्माण कार्यमा लामो विलम्ब भएको उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट