Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

होटलको छतबाट खस्दा १८ वर्षीया पाख्रिनको मृत्यु


सांकेतिक

चितवनको रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खस्दा १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ। बुधबार राति खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार पाख्रिन सिन्धुलीको गुरुकुल कलेजकी विद्यार्थी हुन्। उनी अध्ययन भ्रमणका लागि चितवन आएकी थिइन्। पाख्रिन सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट