Techie IT
२०८३ वैशाख १०, बिहीबार

बागमती सरकारले टेन्डर बाहेक सबै सरकारी सूचना निजी मिडियालाई दिने


बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना तथा विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई उपलब्ध गराइने बताएका छन्। 

नेपाल पत्रकार महासंघको आन्दोलनका क्रममा बुझाइएको ज्ञापनपत्रमाथि प्रतिक्रिया दिँदै उनले यस्तो स्पष्ट धारणा सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री बानियाँले यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह सँग समेत छलफल गरेको जानकारी दिँदै लोकतन्त्रको मर्मअनुसार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्नुपर्ने कुरा राखेको बताएका छन् । “कानूनअनुसार दर्ता भएका मिडिया हाउसलाई विज्ञापन दिन नपाइने भन्ने कुरा स्वीकार्य हुँदैन,” उनले भने।

संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो कदमले संघ र प्रदेश सरकारबीच द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए। “यो केन्द्र सरकारको पनि गम्भीर त्रुटि हो,” बानियाँले भने, “यसले निजी मिडिया र प्रदेश सरकार दुवैलाई अन्योलमा पार्ने काम गर्छ।”
उनका अनुसार प्रधानमन्त्रीले पनि सरकारी टेन्डरबाहेकका सूचना रोक्न नहुने स्पष्ट पारेका छन्। बानियाँले प्रमुख सचिवमार्फत सबै मन्त्रालय र सचिवालयलाई टेन्डरबाहेकका सूचना निजी क्षेत्रमा प्रवाह गर्न निर्देशन दिइसकेको जानकारी दिए।

सरकारी टेन्डरबाहेक अन्य सबै विज्ञापन निजी क्षेत्रले पाउने उनले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट