Techie IT
२०८३ श्रावण २, शनिबार

बागमती सरकारबाट एमाले बाहिरिँदै, ६ मन्त्रीले आजै राजीनामा दिने


बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ। सत्ता साझेदार नेपाली कांग्रेसले सहकार्य तोड्ने एकपक्षीय निर्णय गरेपछि एमालेले आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो।

बागमती प्रदेशमा हाल नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूले मन्त्रीहरूलाई राजीनामाका लागि निर्देशन दिइसकेको पुष्टि गरे।

"कांग्रेसको निर्णय सार्वजनिक भएपछि हामीले उनीहरूसँग संवाद गर्‍यौँ। उनीहरूले सहकार्य तोडिएको कुरा स्वीकार गरे," नेता थपलियाले भने, "केन्द्रको राजनीतिक निर्देशन र विकसित परिस्थितिका कारण हामीले सरकारबाट बाहिरिने निर्णय गरेका हौँ।"

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री सहभागी छन्। मुख्यमन्त्री बानियाँले १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गर्दै हिजो मात्रै एमालेका ६ जना मन्त्रीहरूलाई जिम्मेवारीविहीन (विनाविभागीय) बनाएका थिए। मुख्यमन्त्रीको उक्त कदम लगत्तै एमालेले सरकार छाड्ने कठोर निर्णय लिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट