Techie IT
२०८२ असोज ६, सोमबार

डा. लम्सालको नयाँ महाकाव्य ‘कल्प’ कतारमा विमोचन


डा. नवराज लम्साल

गत महिना काठमाडौंमा सार्वजनिक भएको डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ कतारमा पनि विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको ११औँ अधिवेशनका अवसरमा दोहामा यस कृतिको विमोचन गरिएको हो।

महाकाव्यको विमोचन लम्सालभन्दा कान्छा पुस्ताका युवाहरूले गरेका थिए। आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालले पुस्तकमा हस्ताक्षर गरेर उपस्थित सबैप्रति आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ पुर्‍याउने बताएका छन् ।

नेपाली महाकाव्य लेखनमा विशेष पहिचान बनाएका लम्साल २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। उनको ‘अग्नि’ महाकाव्यले सो पुरस्कार प्राप्त गरेको हो। रेडियो नेपालको जागिर छोडेर लेखनमा पूर्ण रूपमा सक्रिय भएका लम्सालले “कल्प” लाई “मस्तिष्क निचोरेर लेखिएको” कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको कृति मानिएको छ।

शिखा बुक्सले प्रकाशन गरेको ‘कल्प’ सहित हालसम्म लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ कृति प्रकाशित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट