Techie IT
२०८३ वैशाख १६, बुधबार

अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक


नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा सार्वजनिक गरिएको छ।

पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल स्वयंले पत्रकार तथा लेखक यज्ञशसँग मिलेर तयार गरिएको पुस्तक सार्वजनिक गरे।

‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ शीर्षकको उक्त पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, संस्मरण, सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन्।

हमालका अनुसार पुस्तकमा राजनीति, धर्म र मनोविज्ञानसँग सम्बन्धित विषयहरू समेत समेटिएका छन्। उनले पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट