Techie IT
२०८२ श्रावण ३१, शनिबार

फ्लोरिडा विश्वविद्यालयका विक्रम श्रेष्ठको ‘प्राग्–इतिहास: आदिम सभ्यता’ पुस्तक सार्वजनिक


संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानकर्ता विक्रम श्रेष्ठको ‘प्राग्–इतिहास: आदिम सभ्यता’ सार्वजनिक भएको छ ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा इतिहास तथा संस्कृतिका प्राध्यापकहरुले उक्त पुस्तक सार्वजनिक गरेको हो ।

त्यस अवसरमा प्रा डा पेशलकुमार दाहाल, प्रा डा सोमप्रसाद खतिवडा, प्रा डा मदनकुमार रिमाल, सहप्राध्यापक सन्ध्या खनाल, सहप्राध्यापक कविराज पौडेलले प्राग्–इतिहास एवं आदिम सभ्यताका विषयमा नेपाली भाषामा पर्याप्त पाठ्यसामग्री नभएका बेला प्रस्तुत पुस्तक इतिहास, संस्कृति एवं पुरातत्व विषका विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि उपयोगी हुने बताएका थिए ।

कीर्तिपुरस्थित संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रबाट प्रकाशित उक्त पुस्तकको मूल्य रु ८६० तोकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट