Techie IT
२०८३ असोज ६, मंगलबार

देशभर मनसुन सक्रिय: यी स्थानमा भारी वर्षा र चट्याङको उच्च जोखिम


देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा बदली रहेको छ भने बागमती र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर र राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी तराई क्षेत्रमा चट्याङसहितको मध्यम वर्षाले जनजीवन प्रभावित हुन सक्ने भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट