Techie IT
२०८३ श्रावण २७, बुधबार

यी स्थानमा चट्याङ र हिमपातसहित वर्षाको सम्भावना


हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (आकाशमा बादल) रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसोको मौसम
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै, मधेस, कोशी र बागमतीका तराई क्षेत्र तथा अन्य प्रदेशका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ।

रातिको मौसम
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ।

वर्षाका कारण गेग्रान बहाव (debris flow), बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्ने भएकाले सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट