Techie IT
२०८३ भाद्र १, सोमबार

आज यी स्थानमा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको नजिक रहेको छ।

यसको प्रभावले हाल पश्चिम नेपालमा वर्षा भइरहेको छ। पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायतका स्थानमा अत्यधिक वर्षा मापन गरिएको छ। यस्तै, स्याङ्जा र नवलपुरलगायतका क्षेत्रमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।

दिउँसोको मौसम
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भने अति भारी वर्षा हुने महाशाखाले अनुमान गरेको छ।

रातिको मौसम
आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

त्यस्तै, रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट