Techie IT
२०८३ भाद्र १५, सोमबार

यी स्थानमा वर्षा र हिमपातको सम्भावना


देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

दिनको मौसम
दिउँसोको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। यसैगरी, देशका पहाडी भू–भागका साथै उल्लेखित चार प्रदेशका तराईका केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको मौसम
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। रातिको समयमा कोशी र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट