Techie IT
२०८३ भाद्र १८, बिहीबार

तीन दिनसम्म नदीहरूको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह


मुलुकमा बाढीको जोखिम बढेसँगै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा साना नदीहरूमा पानीको बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको बाबुलेटिनअनुसार आजदेखि आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा वृद्धि हुनेछ।

विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बग्ने नदीहरूमा बाढीको खतरा उच्च देखिएको छ। महाशाखाको सूचनामा  रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशूली नदी तथा स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको बताइएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको कारण अझै जोखिम कायम छ। हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह अत्यधिक बढ्ने पूर्वानुमान गरिएको छ।

आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लाहरूमा साना नदीहरूको बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। पूर्वका ताप्लेजुङ, पाँचथर, संखुवासभादेखि काठमाडौं उपत्यका हुँदै पश्चिमका कास्की, सुर्खेत, अछाम, बाजुरा र दार्चुलासम्मका दर्जनौँ जिल्लाका साना नदीहरूमा बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ।

हालको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ। यद्यपि, आगामी तीन दिनसम्म यी सबै नदी प्रणालीहरूका जलमापन केन्द्रहरूमा पानीको सतह उच्च हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्ण रूपमा सुरक्षित रहन र सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट