लुम्बिनीमा भारी वर्षा, मनसुनी र न्यून चापीय प्रणाली सक्रिय
पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ भने कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा रेकर्ड गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसैबीच, बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी क्षेत्रमा पुगी गहिरो न्यून चापीय रूपमा विकसित भएको महाशाखाले जनाएको छ।
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले त्यसको प्रत्यक्ष प्रभावस्वरूप देशभरको मौसम बदली भई वर्षाको सम्भावना बढेको छ। मौसममा आउने यो फेरबदलप्रति सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस