Techie IT
२०८३ असोज ८, बिहीबार

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस्


देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर अघि बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने देखिए पनि यसको प्रभावले आगामी केही दिनसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना कायमै रहेको छ।

महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बिहीबार: कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनुका साथै तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ।

शुक्रबार: लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ भने अन्य धेरै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको आकलन गरिएको छ।

शनिबार: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

प्रतिकूल मौसमका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट