आगामी तीन दिन वर्षा हुने सम्भावना
मनसुन बाहिरिसकेको ठानेर ढुक्क बसेका राजधानीवासी अचानकको वर्षापछि चिन्तित बनेका छन्। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताए पनि लगातार झरी भने नपर्ने स्पष्ट पारेको छ।
मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म देशका केही भागमा वर्षा हुने देखिए पनि यो लामो समयसम्म नरोकिने झरी जस्तो भने हुनेछैन।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा कायम छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस