यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको आंशिक प्रभाव परेको छ। यसका कारण हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस