Techie IT
२०८३ असोज २७, मंगलबार

कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली (बादल लागेको) रहेको छ।

आज दिउँसोको मौसम:
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज रातिको मौसम:
रातिको समयमा देशका हिमाली भू-भागमा आंशिक बदली रही पहाडी तथा तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट