राष्ट्रिय विभूति जयपृथ्बी जन्म जयन्तीमा पत्रकार सम्मानित , शालिक अनावरण र पुस्तक बिमोचन

मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्बी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखा र जयपृथ्बी नगरपालिकाको संयुक्त आयोजनामा शनिबार विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्बी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखा र जयपृथ्बी नगरपालिकाको संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा रेडियो खप्तड आवाजको संस्थापक तथा नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायालाई सहित ६ जना लाई पुरस्कार सहित सम्मान गरिएको छ ।
पत्रकार शैलेनद्र रोकायालाई “जयपृथ्बीबहादुर सिंह लेखनबृती पत्रकारिता पुरस्कार २०८२” बाट नगद १० हजार सहित पुरस्कृत गरिएको छ भने त्यसैगरि सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बझाङ शाखाले हरेक बर्ष प्रदान गर्दै आएको नेपाल पत्रकार महासंघ बझाङ शाखाका दिवंगत पूर्व सचिव नरेश खड्काको स्मृतिमा स्थापना गरिएको “नरेश स्मृती पत्रकारिता पुस्कार”बाट पत्रकार रमेश केसी र पत्रकार अन्जु खड्कालाई सम्मान गरिएको छ । शुसासन सार्वजनिक सेवा प्रवाहमा अब्बल रहेका राष्ट्रसेबकका तर्पबाट जयपृथ्बी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिद्घराज पण्डीत लाई समेत कदरपत्र सहित सम्मान गरिएको हो ।

सो कार्यक्रममा जयपृथ्बी नगरपालिकाका तर्पबाट लामो समय देखि जयपृथ्बी बहादुर सिंहको खोज तथा अनुसन्धान गरि उहाँका कृती प्रकाशितमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका जयपृथ्बी नगरपालिका ५ निवासी समाजसेबी मिन बहादुर सिंह र तल्कोट गाउँपालिका १ निवासी उत्तम बहादुर सिंह लाई नगद जनही ३१ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ । जयपृथ्बी नगरपालिकामा आयोजित औपचारिक कार्यक्रममार्फत पत्रकारहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सामुदायिक रेडियो जयपृथ्बी एफएमलाई समेत सम्मान गरिएको थियो। साथै, दुर्घटनामा परी मृत्यु भएका पत्रकार नरेश खड्काकी धर्मपत्नीलाई महासंघले आर्थिक सहयोगसहित सम्मान गरेको थियो। लामो समयदेखि जयपृथ्बी बहादुर सिंहको अध्ययन गरिरहेका स्थानीय मिन बहादुर सिंहले अन्तर्राष्ट्रिय मानवबाद दिवास बनाउनका लागी आफु प्रयासरत रहेको बताउँदै उहाँका कृतीहरुहरुलाई अझ जस्ताको त्यस्तै प्रकाशनको तयारी गरेको समेत बताएका थिए ।
त्यसैगरि जयपृथ्बी नगरपालिकाका प्रमुख चेतराज बजालले जयपृथ्बी बहादुर सिंहको मानवताबाद दर्षनबारे चर्चा गर्दै उनले देखाउनुभएको बाटोमा हामी सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । विचार गोष्ठीमा गोरखापत्रका प्रथम संस्थापक समेत रहेका राजा जयपृथ्बी बहादुर सिंहको योगदान र मार्गदर्शनबारे चर्चा गरिएको थियो ।
पुस्तक बिमोचन तथा शालिकको अनावरण
मानवतावादी राजा तथा राष्ट्रिय बिभूती जयपृथ्बी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अबसरमा जयपृथ्बी बहादुर सिंहको पुस्तक श्रेस्ता दर्पण र बिदेशी नगरिक स्टेफन लुईडरले लेख्नु भएको तथा समाजसेबी मिन बहादुर सिंहले नेपाली रुपान्तरण गरि प्रकासन गरिएको बिश्व बौद्घिकतामा जयपृथ्बी बहादुर सिंह नामक पुस्तकको बिमोचन समेत गरिएको थियो ।
सो अवसरमा जयपृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चैनपुरको प्रवेसद्घारमा निर्माण भएको जयपृथ्बी बहादुर सिंहको पुर्ण कदको शालिकको समेत जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजालले उद्धाटन गरि अनावरण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बजालले लामो समय देखि जिल्लामा जयपृथ्बी बहादुर सिंहको पुर्ण कदको सालिक समेत नभएकाले नगरपालिकाले निर्माण गरेको स्मरण गराउँदै जयपृथ्बीले देखाएको मानवताको बाटो हिडन् समेत सबैलाई आग्रह गरेका थिए ।
जयपृथ्बी जयन्तीकै अवसरमा जिल्लाका बिभिन्न स्थानमा भब्य रुपमा सुरु भएको छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका, सदरमुकाम चैनपुर स्थित सत्यवादी माबि र नेपाल पत्रकार महासंघ बझाङ शाखाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना सुरु गरेको हो ।
जिल्लाको छबिसपाथीभेरा गाउँपालिका , सत्यबादी माबिले साताब्यापी कार्यक्रमको आयोजना गरि सनिबार कार्यक्रमहरुको छुट्टाछुट्टै कार्यक्रमको उद्घटन गरेका छन् ।
साताब्यापी बिभिन्न कार्यक्रमहरुमा बिद्यार्थीहरुलाई सहभागी गराई अतिरिक्त क्रियाकलापका प्रतियोगिता सुरु गरेको छ । यसैगरी जयपृथ्बी नगरपालिका र नेपाल पत्रकार महासंघ बझाङ शाखाको आयोजनामा जयपृथ्बी बहादुर सिहको मानवताबाद र आजको आबस्यकता बिषयक अन्र्तरक्रिया तथा बहसको आयोजना समेत गरेको छ ।
जयपृथ्बी नगरपालिकाका प्रमुख चेतराज बजालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री भानुभक्त जोशी रहनु भएको थियो । कार्यक्रम संचालन पत्रकार महासंधका पुर्व अध्यक्ष जगदीस रोकाया र महासंघका अध्यक्ष डिबि बिष्टले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस