Techie IT
२०८३ श्रावण १७, आइतबार

२४ घण्टामा मनसुनजन्य विपदबाट एकको मृत्यु, २० घाइते


पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका ३४ वटा मनसुनजन्य विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) का अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्मको अवधिमा २५ जिल्लामा विपद्का घटना भएका हुन्। तीमध्ये सर्पदंशबाट एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार यस अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जंगली जनावरको आक्रमणका ३ घटना दर्ता भएका छन्। यी विपद्बाट दुई स्थानमा सडक अवरुद्ध हुनुका साथै १८ वटा चौपायाको क्षति भएको छ। घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसैगरी, गत वैशाख १ गतेदेखि आज बिहानसम्मको तथ्यांक हेर्दा देशभर ४ हजार ५३ वटा विपद्का घटना भइसकेका छन्। यस अवधिमा १९६ जनाको मृत्यु भएको छ, ४ जना अझै बेपत्ता छन् भने १ हजार २९१ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपद्बाट हालसम्म ५ हजार १८८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट