Techie IT
२०८३ भाद्र ८, सोमबार

२४ घण्टामा करेन्ट लागेर ३ जनाको मृत्यु


देशका विभिन्न स्थानमा विद्युतीय मोटर तथा कल चलाउने क्रममा करेन्ट लागेर २४ घण्टाको अवधिमा तीन जनाको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका-४ गोकुवा उराई टोल बस्ने ४० वर्षीया मुना कार्कीको आइतबार राति करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

यसैगरी, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-५ खुरुक्याही टोलका ४५ वर्षीय मो. इसा अन्सारीको पनि आइतबार दिउँसो खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ।

यस्तै, रौतहटको गौर नगरपालिका-४ विपी चोकस्थित युवा राइज सुधार केन्द्रको कम्पाउण्डमा रहेको विद्युतीय मोटर जडित कल चलाउने क्रममा सोही केन्द्रमा बस्दै आएका भारतको बेतिया घर भएका ३४ वर्षीय विकाश रायको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा निधन भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट