माछा मार्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय युवकको मृत्यु
रूपन्देहीको देवदह नगरपालिका–७, हेलेटोल निवासी ३८ वर्षीय नवीन गुरुङको करेन्ट लागेर गए राति मृत्यु भएको छ।
सोही नगरपालिकाको नयाँ टोलस्थित कुलोमा करेन्ट प्रवाहित गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि क्रिमसन हस्पिटल, मणिग्राम लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालयले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस