Techie IT
२०८३ असोज २९, बिहीबार

स्वास्थ्य बिमाको बजेट घटेको छैन, १५ अर्ब पुर्याइएको छ - अर्थमन्त्री वाग्ले


सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' नामक संवाद कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन्। छलफलका क्रममा सहभागी नागरिकहरूले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले १० अर्ब रुपैयाँ बजेट छुट्याएको तर अपुग भएपछि ११ अर्ब थप गरिएको जानकारी दिए।

यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बिमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब रुपैयाँ पुर्‍याइएको उनले स्पष्ट पारेका छन्। स्वास्थ्य बिमामा सरकारको दायित्व अझै बढिरहेको लगानीअनुसार नागरिकले सेवा पाएका छन् वा छैनन् भन्नेबारे शङ्का रहेको उनको भनाइ थियो। 

स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई अझ बढी प्रभावकारी बनाउन आवश्यक अध्ययन भइरहेको समेत जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट