Techie IT
२०८३ वैशाख २३, बुधबार

होटलबाट ८० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ


काठमाडौँ महानगरपालिका–११, सुन्धारा स्थित होटल न्यु निप्पोनबाट प्रहरीले ८० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन, भरतपुर घरकी ४० वर्षीया सपना गुप्ता, तनहुँ, बन्दीपुर घरका ४२ वर्षीय लुजा शाक्य, र कास्की घरका २२ वर्षीय जोशिल बानियाँ रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार, उनीहरूलाई चैत ५ मा होटलबाट पक्राउ गरिएको हो। प्रहरीले आरोपितहरूलाई किनबेचको तयारीमा रहेको अवस्थामा बरामद गरेको खैरो हेरोइन भने ८० ग्राम रहेको जनाएको छ।

एसपी भट्टका अनुसार, लुजा शाक्य हाल चितवन बसोबास गर्दै आएका छन् र कृषि तथा भेटनरी क्याम्पसका शिक्षक हुन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट