Techie IT
२०८३ जेष्ठ ११, सोमबार

नापी कार्यालयमै ठगी धन्दा: सेवाग्राही ठग्ने दुई बिचौलिया रङ्गेहात पक्राउ


रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–स्थित नापी कार्यालय, भैरहवाबाट सेवाग्राहीलाई ठगी गर्ने दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

नापी कार्यालयमा कामका लागि आउने सर्वसाधारणलाई छिटोछरितो सेवा गरिदिने प्रलोभन देखाएर अतिरिक्त रकम असुल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सरकारी कार्यालयमा बढ्दो बिचौलिया गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा उनीहरू रङ्गेहात पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्।

शुक्रबार नापी कार्यालय परिसरबाटै खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट