पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट प्रहरीले १ सय ५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार राति ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ निवासी ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ सय ५ किलो अवैध गाँजा बरामद गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस