Techie IT
२०८३ असोज २३, शुक्रबार

सर्लाहीमा ५१ लाख ३४ हजार हुण्डी रकमसहित महोत्तरीका महताे पक्राउ


स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगद सहित प्रहरीले सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

भारतबाट सर्लाहीको बयलबासतर्फ हुण्डी कारोबारको रकम ल्याइँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर नजिकैबाट उक्त रकमसहित चालकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, डीएसपी वेदप्रसाद गौतमका अनुसार ज १० प ८६५२ नम्बरको स्कुटर रोकेर खानतलासी गर्दा चालकको साथमा रहेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला परेको हो। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट