जनआस्थाका सम्पादक किशोर श्रेष्ठ बागडोलबाट पक्राउ
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार साँझ ललितपुरको बागडोलस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअन्तर्गतको कसुरमा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली परिचालित भएको थियो।
प्रहरीका अनुसार श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको गम्भीर आरोप छ। सोही कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाउनका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस