४० किलो ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिक पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’सहित म्यान्मारका पाँच र भारतका तीन नागरिकलाई आज पक्राउ गरेको हो। ब्युरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत आएका म्यान्मारका पाँच नागरिक रहेका छन्।
यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरको उडानद्वारा नेपाल आएका तीन भारतीय नागरिक पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट गाँजाका साथै आठ थान राहदानी र आठ थान मोबाइल समेत बरामद गरेको छ।
पक्राउ परेका सबै जनाविरुद्ध लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस