म्याग्दीमा गरगहना सफा गर्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ
म्याग्दी: मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन तथा गरगहना सफा गरिदिने प्रलोभन देखाएर ठगी गर्ने चार जना भारतीय नागरिकलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दास रहेका छन्।
गरगहना सफा गर्ने बहानामा रासायनिक पदार्थको प्रयोग गरी सुनको तौल घटाएर ठगी गरेको गुनासो र उजुरीका आधारमा उनीहरूलाई दरबाङ र बाबियाचौर क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाउन म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस