Techie IT
२०८३ भाद्र १७, बुधबार

मलेसिया र हंगेरी पठाइदिने भन्दै ठग्ने दुईजना पक्राउ


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने बाहानामा रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा निम्नलिखित व्यक्तिहरू रहेका छन्:
ओखलको मोलुङ गाउँपालिका-१७ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा-९ बस्ने३३ वर्षिय यज्ञबहादुर तामाङले एक पीडितलाई मलेसिया पठाइदिने प्रलोभनमा ४ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरिएको हो।

बागलुङको बडिगाड गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्नेसुजेन घर्ती मगरले तीन जना पीडितबाट हंगेरी पठाइदिने भन्दै ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनाएका थिए। उनलाई काठमाडौं महानगरपालिका-७ बाट नियन्त्रणमा लिइएको हो।

पीडितहरूको उजुरीको आधारमा खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठगी गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुन बमोजिम कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट