Techie IT
२०८३ असोज २२, बिहीबार

न्यायाधीश नियुक्ति विवादमा बारले प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने


नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारहरूको रायसुझावका आधारमा संवैधानिक इजलास गठन र न्यायाधीश नियुक्तिको विषयमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ। 

संवैधानिक इजलास गठनमा विवाद उत्पन्न भएको विषय बाहिरिएपछि बारले बिहीबार पूर्वअध्यक्ष, महासचिव एवम् वरिष्ठ अधिवक्ताहरूलाई सुझावका लागि डाकेको थियो जसमा प्रधानन्यायाधीशलाई भेटेर आफ्नो सरोकार राख्ने निष्कर्ष निकालिएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले बताए। 

राधेश्याम अधिकारी, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, गोविन्द वन्दीलगायतका वरिष्ठ अधिवक्ताहरू सहभागी उक्त छलफलमा संवैधानिक बेञ्च संवैधानिक व्यवस्था अनुसार चल्नुपर्ने, न्यायाधीशबीच गोला हाल्नेदेखि वरिष्ठता कायम गर्ने विषय समेटिनुपर्ने सुझाव आएको छ भने कतिपयले आन्दोलनसम्मै पुग्ने चेतावनीसमेत दिएको एक सहभागीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट