भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ
भक्तपुरमा ट्याक्सी चालकलाई धारिलो हतियार देखाएर नगद तथा मोबाइल लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–७, गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर र २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत तथा काठमाडौं कीर्तिपुर नगरपालिका–६, चारघरे बस्ने ३० वर्षीय निलकुमार बस्नेत रहेका छन्।
सूर्यविनायक नगरपालिका–४, अनन्तलिङ्गेश्वरस्थित खड्का गाउँमा बा.२ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाएर नगद र मोबाइल लुटेर फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस