कीर्ते मुद्दाका फरार प्रतिवादी ऋषिकेश बालकोटबाट पक्राउ
कीर्ते सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ४८ वर्षीय ऋषिकेश कुमार झालाई प्रहरीले पक्राउ गरेको छ।
कीर्ते मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएपछि फरार रहँदै आएका झालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका झालाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस