Techie IT
२०८२ वैशाख १८, बिहीबार

मोहन मैनालीको 'मुकाम रणमैदान'लाई मदन पुरस्कार, जगदम्बा श्री यादवलाई, पुरस्कार कति ??


लेखक मैनाली र उनको पुस्तक मुकाम रणमैदान

मदन पुरस्कार गुठीले २०८० सालको प्रतिष्ठित साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ। यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको 'मुकाम रणमैदान' कृतिले हात पारेको छ। यसैगरी, जगदम्बा श्री २०८० पुरस्कार भाषाविज्ञान क्षेत्रका विशिष्ट विद्वान् प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिने भएको छ।


गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार, दुवै पुरस्कारको राशि ४-४ लाख रुपैयाँ रहेको छ। मदन पुरस्कारका लागि २०८० सालमा प्रकाशित ३०४ पुस्तकहरू मध्येबाट पाँच उत्कृष्ट कृतिहरू छनोट गरिएको थियो। यी कृतिहरूमा मैनालीको 'मुकाम रणमैदान' सहित भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि' र रोशन थापा नीरवको 'सन्त्रासका साठी दिन' समावेश थिए।

जगदम्बा श्री पुरस्कारका विजेता प्रा.डा. यादव त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागका पूर्वप्रमुख हुन्। उनको भाषाविज्ञान क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो।


यी पुरस्कारहरूले नेपाली साहित्य र भाषा विज्ञानको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट