Techie IT
२०८२ वैशाख १८, बिहीबार

इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार ईभी चार्जिङ स्टेशन निर्माण गर्ने


इन्डोनेसियाले सन् २०३० भित्र ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ। सरकारले नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्दै इन्धन आयातमा निर्भरता घटाउने उद्देश्यसहित यो योजना अघि बढाएको हो ।

राज्य ऊर्जा कम्पनी पीटी पीएलएनका अनुसार हाल इन्डोनेसियामा ३,२३३ चार्जिङ स्टेशन सञ्चालनमा छन् । ऊर्जा मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले चार्जिङ पूर्वाधार विस्तारले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गर्ने र कार्बन उत्सर्जनमा कमी ल्याउने बताए ।

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल दैनिक औसत १.४ लाख ब्यारेल छ । सरकारले चार्जिङ स्टेशनहरू थपिँदा प्रतिदिन ६६ हजार ब्यारेल इन्धन बचत हुने अनुमान गरेको छ । यससँगै वार्षिक एक लाख टन सीओ२ उत्सर्जनमा कटौती गर्ने लक्ष्य राखिएको छ ।

सरकारको यो योजना इन्धन खपत घटाउनुका साथै वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने रणनीति अनुरूप रहेको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट