Techie IT
२०८२ श्रावण १५, बिहीबार

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

९ साउनमा बानियाँको नेतृत्वमा २१ जना सांसदले दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आज (बुधवार) प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा बानियाँले वर्तमान मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन्।

बानियाँ र लामा दुवै जना पार्टी सभापति शेरबहादुर देउवाको पक्षधर हुन्। १३ साउन, मंगलबार बानियाँ पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा लामाविरुद्ध २२ मत प्राप्त भएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए। सो प्रस्तावको विपक्षमा जम्मा १५ मत मात्रै खसेको थियो।

दलको नेताबाट लामा पदमुक्त भएपछि आज नयाँ नेता चयनका लागि निर्वाचन भएको हो। ९ साउनमा बानियाँको नेतृत्वमा २१ जना सांसदले दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। साथै, लामाको नेतृत्वमा रहेका पाँचजना मन्त्रीहरूले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए।

बानियाँ र लामा दोस्रो पटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। प्रदेशसभाको दोस्रो कार्यकालको आरम्भमा, १३ पुस २०७९ मा भएको निर्वाचनमा बानियाँ ५ मतले पराजित भएका थिए। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत प्राप्त गरेका थिए। साढे दुई वर्षपछि बानियाँले उक्त हारको बदला लिँदै दलको नेतृत्वमा पुनरागमन गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट