Techie IT
२०८३ श्रावण ५, मंगलबार

जनकपुरधाम जाँदै प्रचण्ड, मधेशमा नयाँ गठबन्धनको रणनीतिबारे छलफल हुने


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन्। उनी दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर आइपुग्ने तालिका रहेको पार्टीले जनाएको छ।

जनकपुर पुगेलगत्तै अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर जानेछन्। त्यहाँ उनी पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथि कार्यक्रममा सहभागी हुनेछन्। महोत्तरीको कार्यक्रम सकेर जनकपुरधाम फर्किएपछि उनले नेकपाका मधेश प्रदेशस्तरीय नेताहरूसँग विशेष राजनीतिक छलफल गर्ने कार्यक्रम छ।

केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ तीनदलीय गठबन्धन र त्यसले मधेशको राजनीतिमा पार्ने प्रभावबारे प्रचण्डले प्रदेश नेतृत्वलाई ब्रिफिङ गर्ने पार्टीका एक नेताले जानकारी दिए। छलफलमा बदलिँदो परिस्थितिमा पार्टीको आगामी रणनीति, भूमिका तथा संगठन सुदृढीकरणका विषयमा गहन परामर्श हुने बताइएको छ।

यसैगरी, अध्यक्ष प्रचण्डले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय 'प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण' कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्। उक्त कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व र जनवर्गीय संगठनका प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि पार्टीले निर्देशन जारी गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट