Techie IT
२०८२ वैशाख २६, शुक्रबार

गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट


गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् ।

भैंसीपाटीस्थित मन्त्री निवास पुगेर आज नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गर्नुभएको हो । सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पारेका थिए ।     
    
मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए ।     
    
सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहीआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट