Techie IT
२०८३ असार २४, बुधबार

विद्यार्थीलाई लक्षित गर्दै एनसेलको ‘सधैं अन रिन्युअल’ योजना सार्वजनिक


निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विद्यार्थीहरूका लागि ‘सधैं अन रिन्युअल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत विद्यार्थीहरूले मासिक ३९९ रुपैयाँदेखि सुरु हुने शुल्कमा अनलिमिटेड फेसबुक, टिकटक र युट्युब प्रयोग गर्न सक्नेछन्।

करसहित ३९९ रुपैयाँको मासिक योजनामा प्रयोगकर्ताले ३० दिनका लागि ३९९ मिनेट अल-नेपाल कल, ८ जीबी डेटा र ३९ वटा एसएमएस प्राप्त गर्नेछन्। त्यसैगरी, ५९९ रुपैयाँको योजनामा ५९९ मिनेट कल, २० जीबी डेटा र ५९ वटा एसएमएसको सुविधा प्रदान गरिनेछ।

यी दुवै योजनामा अनलिमिटेड नाइट डेटा र लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

एनसेलका अनुसार यो योजना विशेषतः एसईई परीक्षा दिएका विद्यार्थीहरूदेखि सबै तहका विद्यार्थीहरूका लागि लक्षित गरिएको हो।

यस योजनाअन्तर्गत सिम वा ई-सिम लिन इच्छुक विद्यार्थीहरूले पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र तथा आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ। उक्त कागजातसहित नजिकको एनसेल सेन्टर वा आधिकारिक बिक्रेतामार्फत यो सेवा प्राप्त गर्न सकिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट