नेपाल टेलिकमको नेटवर्क अपग्रेडका कारण दुई रात सेवा प्रभावित हुने

नेटवर्कको गुणस्तर अभिवृद्धिको काम हुने भएकाले नेपाल टेलिकमको सेवामा बिहीबार र शुक्रबार राति केही अस्थायी समस्या देखिन सक्ने भएको छ।
टेलिकमले बिहीबार साँझ एक सूचना जारी गर्दै साउन ८ र ९ गते राति ११:५५ बजेदेखि करिब चार घण्टासम्म भ्वाइस, एसएमएस र डेटा सेवामा प्रभाव पर्न सक्ने जानकारी दिएको हो।
कम्पनीले सेवा प्रभावित हुन सक्ने समयावधिमा सम्भावित असुविधाप्रति क्षमा याचना गर्दै ग्राहकहरूलाई पूर्व जानकारी गराएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस