Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो हाइपरसोनिक मिसाइल

यस अवधिमा पुटिनले नाटोलाई पनि धम्की दिएका छन् ।


अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले ओरासोनिकको उत्पादन सुरु गरेको घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् ।

यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने । उनले बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ पुष्टि गरेका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा पुटिनले भने, ‘तयारीको काम जारी छ र सम्भवतः हामी यो वर्षको अन्त्यसम्म पूरा गर्नेछौं ।’ रुसले गत वर्ष नोभेम्बरमा युक्रेन युद्धमा ओरेस्निक मिसाइल प्रयोग गरेको थियो । त्योबेला निप्रोमा रहेको मिसाइल कारखानालाई निशाना बनाएको थियो । रुसी सेनाका अधिकारीहरुका अनुसार ओरेश्निक मिसाइल परम्परागत र आणविक दुवै हतियार बोक्न सक्षम छ ।

रुसको नयाँ मिसाइलले म्याच १० ले १२३४८ किमी प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ, जुन पश्चिमी मिसाइल प्रतिरक्षा प्रणालीलाई चकित पार्न पर्याप्त छ । पुटिनले आफ्नो हतियारलाई लक्ष्यमा खस्नबाट रोक्न नसकिने दाबी गरे । उनले भने कि यसका धेरै हतियारहरू यति शक्तिशाली छन् कि ती मध्ये धेरैलाई परम्परागत आक्रमणमा प्रयोग गर्नु आणविक आक्रमण जस्तै विनाशकारी हुन सक्छ ।

यो मिसाइलले युरोपका हरेक देशलाई निशाना बनाउन सक्छ । यद्यपि, केही विशेषज्ञहरूले यसलाई रूसी मिसाइल, रुबेज २६ को प्रतिस्थापन नाम भनेका छन् ।

यस अवधिमा पुटिनले नाटोलाई पनि धम्की दिएका छन् । उनले भने यदि उनीहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू उपलब्ध गराएमा ओलेस्निक मिसाइल उनीहरूको विरुद्धमा प्रयोग गर्न सकिन्छ । उनले भने, ‘हामीले पश्चिमालाई चेतावनी दिइरहेका छौं । यदि कीभले रूसलाई आक्रमण गर्न नेटोद्वारा आपूर्ति गरिएको मिसाइलहरू प्रयोग गर्दछ भने हामी ओरेस्निक जस्ता प्रणालीहरू प्रयोग गरेर युक्रेन बाहिर जवाफ दिन सक्छौं।’



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट