Techie IT
२०८२ श्रावण २८, बुधबार

शेयर बजारको नाममा ठगी, ‘नेप्से एआई’बाट टाढा रहन सीआईबीको अपिल


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई (Nepse AI) एपमा सचेत रहन आग्रह गरेको छ ।

पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई नेप्से एआई एप डाउनलोड गर्न लगाएर ठगि बढेको भन्दै सचेत रहन सर्बसाधारणलाई आग्रह गरेको हो ।

ब्युरोले एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिने गरेको पाइएको र बैंक खाताबाट रकम चोर्ने घटनाहरू बढेको बताएको छ । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको उल्लेख गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट